दमक/ गएराती दमकमा भएको दुर्घटनामा स्थानीय व्यवसायी इन्द्र भुजेलको मृत्यु भएको छ । मोटरसाईकलको ठक्करवाट दमकका व्यवसायी भुजेलको मृत्यु भएको हो । दमक ५ स्थित बुद्धचौंक नजिक पुवपश्चिमक सडकखण्डमा बिहिवार बेलुका मोटरसाईकल र स्कुटर एकापसमा ठक्कर खादाँ स्कुटरमा सवार दमक ८ का ५० बर्षिय भुजेलको मृत्युभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
मृतक भुजेल दमक ८ मा रहेको इन्द्र साउण्ड एण्ड टेन्ट हाउसका सञ्चालक हुन । प्रहरीका अनुसार हिजो वेलुका सवा ९ बजे पूर्ववाट पश्चिमतर्फ जादै गरेको प्र–१–०१–०१३ प.८७६६ को मोटरसाईकल र विपरीत दिशाबाट आउदै गरेको मे.९ प ६२१९ को स्कुटर एकापस जुधेको थियो । दुर्घटनामा सख्त घाईते स्कुटर चालक भुजेललाई दमकको लाइफलाइन अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्युभएको हो ।
दुर्घटनामा परेर गंभीर घाईते मोटरसाईकल चालक दमक ९ का अन्दाजी २६ बर्षिय सन्जोक सुन्दासको स्थानीय निम्स अस्पतालमा उपचार हुन नसके पछि विर्तामोडस्थित विएण्डसी अस्पतालमा लगेर उपचार भैरहेको छ ।