बेलबारी/मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं १० बाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार राती ८ बजे ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले सोही ठाउँका ३४ बर्षीय केशब तामाङको कोठाबाट डाईजोल्याप थान–१०, लुपिजेसिक थान–७, एभिल थान–१३ र गाँजा २०० ग्रामसहित पाँच जनालाई पक्राउ गरेको हो ।
प्रहरीले तामाङको घरमा लागुऔषध बिक्रि–बितरण भइरहेको भन्ने सुचनाको आधारमा तामाङ सहित सोही ठाउँका २० बर्षीय एलिस खड्का, १९ बर्षीय सरन मगर, २० बर्षीय राजेश मंग्राती र १८ बर्षीय संजिब मगरलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

Facebook Comments Box