दमक/ नेपाली कांग्रेसका प्रभावशाली नेता एवं आसन्न १४ औं महाधिवेशनमा सभापतिका दाबेदार डा. शेखर कोइराला दुई दिन सम्म झापामा आयोजना हुने विविध कार्यक्रममा सहभागी हुँदैछन ।


विभिन्न कार्यक्रममा सहभागी हुन नेता कोईराला भोली मंगलबार झापा आउने उनको सचिवालयले जनाएको छ । कांग्रेसका पूर्व सांसद डा. शंकर प्रसाद उप्रेतीको स्मृतिमा कांग्रेस झापाको विर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा हुने श्रद्धाञ्जली सभादेखि दमकमा क्षेत्रीयस्तरका अगुवा कार्यकर्ताहरुसंगको भेटघाट सम्मका चार वटा औपचारिक कार्यक्रममा डाक्टर कोइरालाको उपस्थिती रहने जनाइएको छ ।
नेता कोइरालासंगै कांग्रेस केन्द्रीय सदस्यहरू डा. चन्द्र भण्डारी, गुरुराज घिमिरे, धनराज गुरुङ र सरिता प्रसाईं समेत ति कार्यक्रमहरुमा सहभागी हुने जनाइएको छ । भोली मंगलबारनै कांग्रेसले गौरादहमा आयोजना गरेको नेपाल ठाकुर समाज झापाको जिल्ला अधिवेशनको उदघाटन पनि डाक्टर कोइरालाले गर्ने जनाइएको छ । त्यस्तै बुधबार डाक्टर कोइरालाले जिल्लास्तरीय कार्यकर्ता भेटघाट गर्ने जनाइएको छ । पार्टी सभापतिका दाबेदार पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाको गृह जिल्लामा सभापतिका अर्का दाबेदार डाक्टर कोइरालाको यो सक्रियता र भेटघाट कार्यक्रमलाई कांग्रेस वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ । झापामा सिटौला पक्षीय नेता कार्यकर्ताहरुको एकल दबदबा रहेको भन्ने इतर समुहका नेता कार्यकर्ताहरुको गुनासोलाई सम्बोधन गर्न पछिल्लो समय कोइारालाको समहले जिल्लामा सक्रियता बढाएको चर्चा छ ।

Facebook Comments Box