दमक/सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । काठमाडौं उपत्यकाभित्र चल्ने सवारी साधनको भाडा १२ प्रतिशत, उपत्यकाबाट लामो दूरी तथा मालबाहकमा २० प्रतिशत भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिनुभयो । वैज्ञानिक भाडादरको प्रावधान अनुरुप सवारी साधनको मूल्य, इन्धनको मूल्य, गाडीका उपकरणको मूल्य, श्रमिकको ज्यालादर लगायतलाई आधार मानेर भाडा समायोजन गरेको महानिर्देशक दाहालले बताउनुभयो । समायोजन गरिएको भाडाअनुसार काठमाण्डौ उपत्यकाको हकमा सार्वजनिक यातायातमा ४ किलोमिटर सम्मको न्यूनतम भाडा १४ रुपैयाँबाट बढेर १६ रुपैयाँ पुगेको छ । यस्तै ट्याक्सी भाडा पनि बढेको छ । बढेको भाडा अनुसार अब एक किलो मिटरसम्म ५० रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैसाका दरले भाडा बढ्दै जाने दाहालले बताउनुभयो । हाल सुरुको एक किलोमिटरमा ३९ रुपैयाँ भाडादर रहेको छ । यसअघि गएको असोज ७ गते पनि सार्वजनिक गाडीको भाडा १० प्रतिशतले बढाइएको थियो ।

Facebook Comments Box