दमक/ दमक–ताप्लेजुङ सम्पर्क मञ्चको सक्रियतामा दोभानका आगलागी पीडित परिवारका लागि धमाधम सहयोग रकम जुटेको छ । ताप्लेजुङका विभिन्न ठाउँ पुख्र्यौली घर भई हाल दमक , उर्लाबारी र काँकरभिट्टामा बसोबास गर्दै आएका सर्वसाधारणहरुबाट स्वतस्फूर्त आज एकै दिन ७५ हजार रुपैयाँ सहयोग जुटेको हो ।
सम्पर्क मञ्चकी कोषाध्यक्ष दमक ५ की शान्ता तामाङले नगद १० हजार १ सय, दमक ५ कै वीर बहादुर र राजेश तामाङबाट १० हजार र पवित्रा तामाङले १० हजार रुपैयाँ प्रदान गरेका छन । त्यसैगरी दमक ६ का वडाध्यक्ष टेक बहादुर थापा, ७ का वडाध्यक्ष तथा सम्पर्क मञ्चका अध्यक्ष भिम पौडेल, दमक ५ का विजय आङबुहाङर दमक ६ का केन्द्र बहादुर प्रसाइँले जनही ५ हजार १ सयका दरले सहयोग रकम जम्मा गरेका हुन । त्यसैगरी दमक १ की सुमित्रा चुँडाल (प्रसाइँ), उर्लाबारीका दुर्गा प्रसाद निरौलाबाट, सम्पर्क मञ्चका सचिव तथा मंगलमय माविका प्रधानाध्यापक मोहनकुमार बगाले र काँकरभिट्टाका जसु तामाङबाट पनि जनही ५ हजार १ सय रुपैयाँका दरले सम्पर्क मञ्चको कोषमा प्राप्त भएको हो ।

सम्पर्क मञ्चले आउँदो बुधबार सम्ममा इच्छुक दाताहरुबाट प्राप्त हुने सहयोग रकम आउँदो शुक्रबार ताप्लेजुङको दोभानमा भएको आगलागीको घटनाका पीडितहरुलाई हस्तान्तरण गर्ने योजना बनाएको  छ। त्यसैगरी दमक– ताप्लेजुङ सम्पर्क मञ्चले २०७८ सालको बार्षिक क्यालेण्डर प्रकाशन गरेर नयाँ बर्षको सन्मुखमा क्यालेण्डर सार्वजनिक गरि शुभकामना आदनप्रदान तथा बृहत भेला समेत गर्ने निर्णय भएको छ ।
सम्पर्क मञ्चका अध्यक्ष भिम प्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले आगलागी पीडितहरुलाई बढीमा पाँच दिन भित्रमा नगद राहत सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।
बैठकले सोका लागि केन्द्र प्रसाइँको संयोजकत्वमा ९ सदस्यीय आर्थिक सहयोग संकलन समिति गठन गरेको थियो । समितिका सदस्यहरुमा तारा अधिकारी, कुमार साम्सोहाङ, हिमालय दाहाल, गोपाल गुरागाइँ, विजय बराल, शान्ता तामाङ, पवित्रा तामाङ र सुमित्रा प्रसाइँ रहेका छन । बैठकले संस्थाको कोषाध्यक्षमा शान्ता तामाङलाई मनोनित गर्ने निर्णय पनि गरेको थियो । यसैसाता ताप्लेजुङको दोभानमा भएको आगलागीका कारण ६३ परिवारले क्षति ब्यहोर्नु परेको थियो । आगलागीमा ४० करोड बराबरको क्षति भएको छ ।

Facebook Comments Box