विराटनगर/१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रदेश प्रहरी कल्याण कोषको सहयोगमा सौन्दर्यकला ( ब्यूटीसियन ) सम्बन्धी तालिम शुरु गरेको छ । बहालवाला, अवकाश प्राप्त प्रहरी कर्मचारी तथा अमर/ अशक्त प्रहरीका आश्रीत परिवारका लागि बिराटनगर र धरानमा संचालन हुने सो तालिमको हिजो औंपचारिक शुभारम्भ गरिएको हो ।

३ महिना सो तालिमको १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले उदघाटन गरेकी हुन । बहालवाला, अवकाश प्राप्त तथा अमर÷ अशक्त प्रहरी कर्मचारीहरुका परिवारलाई प्रदान गरिने सीपबाट आय–आर्जन बढ्न जाने र आश्रित परिवार तथा सन्ततीहरुको वृत्ति विकासमा समेत टेवा पुग्ने विश्वास लिएको उनले बताइन ।
सौन्दर्य कला (ब्यूटीसियन) तालिमको प्रशिक्षण १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट मात्रै प्रदान गरिदै आएकोमा हाल धेरै भन्दा धेरै प्रहरी परिवारहरुलाई सर्वसुलभ ढंगबाट सहभागी गराउने उद्देश्य अनुरुप तेश्रो समुहको तालिमलाई धरानबाट समेत संचालन गरिएको हो । दुबै स्थानमा संचालन हुने तालिममा ३५ जना प्रहरी परिवारहरु प्रशिक्षार्थीको रुपमा सहभागी भएका छन ।
