दमक/राष्ट्रिय प्रजातन्त्र पार्टीले दमकका वडाहरुमा धमाधम पार्टीको वडा अधिवेशन गरिरहेको छ । आज ( आइतबार) दमक ५ मा पार्टीका वडा समिति अध्यक्ष होमबहादुर अधिकारीको अध्यक्षता र क्षेत्रीय अध्यक्ष विजय बरालको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशले होमबहादुर अधिकारीकै अध्यक्षतामा सर्बसम्मत २१ सदस्यीय वडा समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षत्रय बिमला बराल , टेक बहादुर लुइँटेल , युवराज तिवारी , सचिवमा पिताम्बर दाहाल ,कोषाध्यक्षमा भिमा कुमारी खनाल , सहसचिवमा प्रेमबहादुर कटुवाल र सदस्यहरुमा बासुदेव भट्टराई , दुर्गा प्रसाद गौतम , तेज प्रसाद खरेल,गर्जमान गौतम , थलुराम खतिवडा , दुर्गा ब गजमेर , बद्री बहादुर खड्का , बलराम केसी , याम ब अधिकारी , प्रकाश अधिकारी , दिनेश न्यौपाने , ओम प्रसाद अधिकारी , अच्युत निरौला र तुलसी श्रेष्ठ निर्वाचित भएका छन । सोही अधिवेशवनले राष्ट्रिय प्रजातान्त्रि महिला संगठनको अध्यक्षमा मन्जु गौतमलाई चयन गरेको छ । त्यस्तै पोस्ट प्रसाद अधिकारीको अध्यक्षतामा ११ सदस्यीय युवक संगठन र जगत बोहराको अध्यक्षतामा १७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको सो पार्टीले जनाएको छ ।
अधिवेशनमा प्रमुख अतिथी बराल, राप्रपा केन्द्रिय कार्य सम्पादन समिति सदस्य बासुदेव भट्टराई प्राज्ञिक परिषद केन्द्रीय सदस्य भवकृष्ण खतिवडा , राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रिय सदस्य जानुका बाँस्कोटा, शिक्षक परिषद जिल्ला सदस्य दिनेश न्यौपाने , पार्टी क्षेत्रीय उपाध्यक्ष दुर्गा गौतम , क्षेत्रीय सचिव हेम सुवेदी ,वडा नं ९ का पार्टी अध्यक्ष तिलक डाँगी लगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यसैगरी दमक नगरपालिका, ९ नं वडाको वडा अधिवेशन हालै सम्पन्न भएको छ । तिलक डाँगीको अध्यक्षता र केन्द्रीय कार्य सम्पादन समिति सदस्य बासुदेव भट्टराईको प्रमुख आतिथ्यता एवं क्षेत्रीय अध्यक्ष विजय बराल, शिक्षक परिषद जिल्ला उपाध्यक्ष लगायतको आतिथ्यमा भएको वडा अधिवेशनबाट सदस्यहरुमा नीर बहादुर कटुवाल, प्रेम कुँवर, टंक सिटौला, खड्ग दाहाल, देवी दाहाल, गोज बहादुर भट्टराई, मिनराज खतिवडा, गंगा प्रसाद दाहाल, दीर्घ बहादुर थापा, मैयाँ बिष्ट, टीका वस्नेत, नरेश कार्की, सुनिल मगर, तुल बहादुर कुँवर र मैयाँ गजमेर चुनिएका छन । अधिवेशनले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय परिषद सदस्य जानुका बाँस्कोटालाई र प्रदेशसभा निर्वाचन क्षेत्रीय परिषद सदस्य सावित्रा दाहाललाई चयन गरेको छ ।