दमक/ प्रदेश एक अन्तर्गत मोरङ र भोजपुरमा आज भएका सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
भोजपुरको रामप्रसाद राई गाउँपालिका ५ का १८ बर्षीय सहचालक प्रदिप तामाङको ट्याक्टर दुर्घटनामा मृत्यु भएको हो ।
आज बिहान पौने ७ बजे सोही ठाउँमा को२त ३६६९ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ४० मिटर तल खसेर दुर्घटना हुँदा सहचालक प्रदिप तामाङको मृत्यु भएको हो । दुर्घटनामा घाईते प्रदिपको स्वास्थ्य चौकी मानेभन्ज्याङमा उपचारको क्रममा बिहान सवा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ट्याक्टर चालक सोही ठाउँका सन्जिब खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी मोरङ सुन्दरहरैँचा नगरपालिका –३ का २० बर्षीय अजित चौधरीको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ ।
बुधबार राती ९ बजे सोही स्थानमा प्र१–०२–०४२प६३९२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार अजित घाईते भएका थिए । घाईते अजितको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाईकल चालक देव कुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।