दमक/ मेची पुलबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा झापा दमक–१ का २३ बर्षीय गणेश खत्री र मोरङ उर्लाबारी–९ का २७ बर्षीय अनुप तामाङ रहेका छन । खत्रीलाई ३ ग्राम खैरोहिरोईन ब्राउनसुगर र तामाङलाई एक ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित प्रहरीले आज मंगलबार पक्राउ गरेको हो ।
लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।