ईलाम/ ईलाम नगरपालिका –७ बाट ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका–१० का २३ बर्षीय दियोग राई, देउमाई नगरपालिका–४ का १८ बर्षीय प्रवेश तिरुवा बि.क., इलाम नगरपालिका–५ का ३५ बर्षीय योगेश राई र फिदिम नगरपालिका–१० का २३ बर्षिय अनिल लिम्बु रहेका छन् ।  सोमबार बेलुका ५ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ७५० मिलि ग्राम ब्राउन सुगर, स्टिलको प्लेट थान १, नेपाली ५ को नोट थान ३ र लागुऔषध सेवन गर्ने ढुङग्रो सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Facebook Comments Box