मोरङ/ मोरङको सुनवर्षी नगरपालिका वडा नं १ काला बन्जार स्थित डाँस खोलामा माटोको ढिस्कोले पुरिएर एक महिलाको ज्यान गएको छ ।
वडा नं ४ गान्धी आश्रमकी बस्दै आएकी २० बर्षीया बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार आज दिउँसो साढे १ बजे सुनवर्षी – १ कालाबन्जारस्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा यादवको माटोको ढिस्कोले पुरेर घटनास्थलमानै मृत्यु भएको हो । उनीसँगै गएका सोही ठाउँकी ९ बर्षीया मनिका यादव र ५५ बर्षीया झोलीया यादव घाईते भएका छन । उनीहरुको रंगेली अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय रंगेली मोरङले जनाएको छ ।

Facebook Comments Box