विराटनगर/ विराटनगर महानगरपालिका–१८ का २३ बर्षीय सुभाष कामतलाई बन्धक बनाएर परिवारसंग १० लाख फिरौति रकम माग गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बिराटनगर महानगरपालिका–२० का २० बर्षीय रोहित मण्डल, बिराटनगर–१६ का अजय यादव र बिराटनगर–६ की २८ बर्षीया सन्ध्या शमालाई पक्राउ गरेको हो ।

उनीहरुले शनिवार दिउँसो देखि कामतलाई बन्धक बनाएको र फिरौती बापत परिवारसंग १० लाख रकम माग गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले कामतलाई बिराटनगर–६ बाट सकुशल उद्धार गरेको हो । मानिस बन्धक बनाएको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।