दमक/ घर वनाउने क्रममा लडेर मृत्यु भएका झापा, दमक ८ का ४० बर्षिय अतावुल मियाको परिवारलाई श्रमिक बीमा वापत रु ७ लाख रुपैयाँ राहत प्रदान गरिएको छ ।
दमक ६ का प्रेमबहादुर कार्कीको निर्माणाधिन घर बनाउने क्रममा लडेर मियाको गत असार २७ गते मृत्यु भएको थियो ।

नेपाल स्वतन्त्रत जडान तथा निर्माण मजदुर युनियनले आफना सदस्य रहेका मियाका परिवारलाई बिमा वापतको रकम रु ७ लाख हस्तान्तरण गरेको हो ।
दमक ५स्थित यलम्बर चोकमा कार्यालय रहेको युनियनले शुक्रवार एक कार्यक्रम गरि वीमा वापतको रकम मृतककी दुई श्रीमती मिना र नुरसवा खातुनलाई संयुक्त रुपमा प्रदान गरेको अध्यक्ष इन्द्रकुमार राईले बताए ।
युनियनका केन्द्रीय सदस्य कर्णवहादुर तामाङ, नेपाल इरिक्सा चालक संघ दमकका अध्यक्ष नेत्र सुनामसहित युनियन पदाधिकारी, सदस्यहरु, मियाका परिवारहरुको उपस्थितिमा हस्तान्तरण गरिएको थियो । संस्थाले आइएमइ जनरल इन्स्योरेन्सको सहकार्यमा आफनातीस जना सदस्यहरुको विमा गराएको थियो ।