दमक/ दमक नगरपालिका –९ का २५ बर्षीय रोसन दर्जीलाई लागुऔषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ ।
आज बिहिबार दिउँसो ३ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका – ६ स्थित मेची पुलमा चेकजाँच गर्ने क्रममा रोसन दर्जीलाई ५ ग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

Facebook Comments Box