दमक/ झापा दमकका यूवा तथा पहिलो पाइला नेपाल दमक शाखाका उपाध्यक्ष सुरेश बरालले उपचारमा आर्थिक अभाव झेलिरहेका एक जना बिरामीलाई आज आइतबार नगद ८ हजार रुपैयाँ व्यक्तिगत सहयोग प्रदान गरेका छन ।

दमक ३ मा अस्थाई बसोबास गर्दै आएका मिर्गौला सम्बन्धित समस्याबाट पीडित भई पछिल्लो समय खुट्टाको समेत अप्रेशन गरेका बिरामी ३३ बर्षिय अमित शर्मालाई दमक हस्पिटलमा पुगेर सो सहयोग प्रदान गरेका हुन । उनले नगद ५ हजार र साथीहरुबाट थप ३ हजार जुटाएर सो सहयोग रकम प्रदान गरेका बताइएको छ । सहयोग हस्तान्तरणमा पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष दिपक खडका, सचिव मेघनाथ फुयाँल, कोषाध्यक्ष दिवस खतिवडा लगायत बिरामीका आफन्तको उपस्थिती थियो ।