तेह्रथुम/ तेह्रथुममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
लालिगुराँस नगरपालिका वडा नं ७ का ५३ बर्षिय कृष्णबहादुर खड्काको आज साँझ  चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बर्षा सगैँ आएको चट्याङले घरमा काम गरि रहेका खड्कालाई चट्याङ लागेको हो । चट्याङ लागेर बेहोस भएका खड्कालाई बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएकोमा तत्कालै उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए । मृतकको सब पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा ल्याईएको जिल्ला प्रहरी कार्यलय तेह्रथुमले जनाएको छ

Facebook Comments Box