विर्तामोडका व्यवसायीहरुलाई लाग्यो चुनाव, दुई प्यानलका उम्मेदवार सार्वजनिक ( को को छन मैदानमा ? )

Author Nishkarsha News
२०७७ फाल्गुन ५, बुधबार २१:३९

दमक/ विर्तामोडका उद्योगी व्यवसायीहरुको साझा संस्था बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि उद्योगी व्यवसायीहरु दलीय गठबन्धन बनाएर मैदानमा उत्रिएका छन ।
सुवास भट्टराईको नेतृत्वमा नेकपा र राप्रपा निकटका व्यवसायी नेताहरु चुनावमा उम्मेदवार बन्दैछन भने प्रकाश शिवाकोटीको नेतृत्वमा कांग्रेस निकटका लोकतान्त्रिक व्यवसायीहरु चुनावी मैदानमा आउने देखिएको छ । ति दुवै समुहले संघको निर्वाचनका लागि उम्मेदवारको मनोनयन गर्नुभन्दा एक दिन अघि आज ( बुधबार) आआफना उम्मेदवार सार्वजनिक गरेका छन ।
नेकपा र राप्रपाको संयुक्त गठबन्धनका उम्मेदवारहरु सार्वजनिक गरिएको छ । बुधबार आयोजित उम्मेदवार सार्वजनिक कार्यक्रममा सुवास भट्टराईको नेतृत्वमा संघको निर्वाचनका लागि ति दलको समर्थनमा उम्मेदवार सार्वजनिक भएका हुन् ।

संयुक्त गठबन्धनका उम्मेदवारहरु

संयुक्त गठबन्धनले नेकपाका तर्फबाट अध्यक्षमा भट्टराई, वरिष्ठ उपाध्यक्षमा नारायण चिमरिया, वाणिज्य उपाध्यक्ष रामकृष्ण अधिकारी, जनसम्पर्क उपाध्यक्षमा उर्मिला बिमली खरेल, महासचिवमा अर्जुन मैनाली, उद्योग सचिवमा धनबहादुर डाँगी र कोषाध्यक्षमा दुर्गा थपलियालाई उम्मेदवा बनाउने सार्वजनिक गरेको छ ।
त्यस्तै, नेकपाबाट सदस्य पदमा विसन लिम्बू, गुञ्जन प्रसाईं, गारीशंकर गुप्ता (टिंकु) भगिरथ लुइँटेल, उदय शाह तथा महिला सदस्यमा रुचि शिवाकोटीको उम्मेदवारी रहने भएको छ । राप्रपाका तर्फबाट उद्योग उपाध्यक्षमा प्रकाश घिमिरे, वाणिज्य सचिवमा कृष्ण पौडेल, सहकोषाध्यक्षमा रञ्जु प्याकुरेल, महिला सदस्यमा सोनी अग्रवाल, खुल्ला सदस्यमा सूर्यकुमार खतिवडा र गोविन्द कार्कीलाई उम्मेदवारका रुपमा अघि सार्ने जनाइएको छ ।
नेकपा नेता रोमणि भट्टराईको अध्यक्षतामा सम्पन्न संयुक्त गठबन्धनको उम्मेदवार घोषणा सभालाई नेकपा १ नम्बर प्रदेशका इन्चार्ज देवराज घिमिरे, नेकपा झापा सचिव विजय सम्पाङ, बिर्तामोडका पुराना व्यवसायी नेता वेदप्रकाश अग्रवालले शुभकामना व्यक्त गरेका थिए ।

त्यसैगरी लोकतान्त्रिक व्यवसायीहरुको तर्फबाट संघको अध्यक्षका लागि प्रकाश शिवाकोटी , वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने, उद्योग उपाध्यक्षमा सञ्जीव घिमिरे, वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे, जनसम्पर्क महिला उपाध्यक्षमा नैनकला भट्टराई, महासचिवमा रविन्द्र भट्टराई, उद्योग सचिवमा कुशल खतिवडा, वाणिज्य सचिवमा राजकुमार साह, कोषाध्यक्षमा दिपेन्द्र राउत र सहकोषाध्यक्षमा राधिका चुडाललाई उम्मेदवार बनाइने सार्वजनिक गरिएको छ । त्यसैगरी महिला सदस्यमा तिलोत्तमा खत्री र तुलसा ढकाल , खुल्ला सदस्यतर्फ विशाल थापा, सनी गोयल, विकास बस्नेत, दिपक अग्रवाल, मनोज रौनियार, पुकार बराल र बलराम सिटौला (राम)लाई लोकतान्त्रिक व्यवसायीहरुले उम्मेद्वारका रुपमा अघि सार्ने निधो गरेका छन ।

लोकतान्त्रिक व्यवसायीहरुके समुहका उम्मेदवारहरु

लोकतान्त्रिक व्यवसायिक प्यानलको तर्फबाट २६ बुँदे साझा प्रतिवद्धता जाहेर गर्दै उद्योगी, व्यवसायी तथा उद्योग, व्यवसाय क्षेत्रलाई शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउँदै रात्रीकालीन बजार सञ्चालनको वातावरण बनाउने, विर्तामोडलाई बन्द हडताल र चन्दा मुक्त बनाउँदै, शान्तिपूर्ण व्यवसायिक वातावरण बनाउने, प्रत्येक व्यवसायिको विवरण डिजिटल प्रविधिमा राखि व्यवसायिलाई स्मार्ट परिचयपत्र वितरण गर्ने जस्ता बिषयलाई प्राथमिकता साथ अघि सारिएको छ ।
त्यसैगरी कृषि उत्पादन र उद्योगलाई प्रवद्र्धन गर्न समयमै मल बिउको व्यवस्था मिलाउदै कृषिको व्यवसायिकरणमा जोड दिने, विर्तामोड बजारलाई हरित नगर निर्माण गर्ने, फोहोर व्यवस्थापन, सिसी क्यामरा जडान अन्तर्राष्ट्रिय मेलाको आयोजना गरी नेपाली उत्पादनको बजार प्रवद्र्धनमा क्रियाशील रहने प्रतिवद्धता पत्रमा जनाइएको छ ।
लोकतान्त्रिक प्यानलको उम्मेद्वारी घोषणासभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले विर्तामोडका उद्योगी, व्यापारी, व्यवसायी र आम उपभोक्ताको हितका निमित्त लोकतान्त्रिक व्यवसायिक प्यानलका सबै उम्मेद्वारलाई विजयी गराउन आग्रह गरे ।
त्यसैगरी नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले नेपालको उद्योग व्यवसाय क्षेत्र उदार अर्थतन्त्रमा विश्वास राख्ने लोकतन्त्रवादी उद्योगी व्यवसायी र व्यापारीहरुले नै थामेको हुँदा लोकतान्त्रिक व्यानलको जीत सुनिश्चित रहेको बताए ।
सो अवसरमा पार्टी महासमिति सदस्य देउमान थेवेले उम्मेद्वारको नामावली घोषणा गरेका थिए । त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डेले पनि सम्बोधन गरेका थिए । विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
संघको निर्वाचन समितिले यही फागुन १६ गते हुने निर्वाचनका लागि फागुन ६ गते उम्मेदवारको मनोनयन दर्ताका लागि मिति तय गरेको छ । निर्वाचनमा चार हजार ५३९ जना मतदाता व्यवसायीहरु रहेका जनाइएको छ । यसबाहेक ११ जना पूर्वअध्यक्षहरुले पनि निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था रहेको जनाइएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्