दमक/ झापाको झापा गाँउपालिका ६ शरणामतीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
स्थानीय २२ बर्षीय सनम तामाङ आफैले चलाएको को १३ प ९०० नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदाँ ति युवकको मृत्यु भएको हो । हिजो साँझ करिब ७ बजे पश्चिमबाट पुर्व तर्फ गईरहेको अबस्थामा झापा गाँउपालिका ७ स्थित कानोमाई खोलाको पुलमा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।