दमक/सताक्षी प्रेस क्लबका निवर्तमान अध्यक्ष छबिलाल दवाडीलाई पत्नी शोक परेको छ । शिवसताक्षी ११ दुधे निवासी पत्रकार दवाडीकी धर्मपत्नी अनिता दवाडीको आज मंगलबार दिउँसो साढे ३ बजे अचानक निधन भएको हो ।

घरायसी कामकै सिलसिलामा एक्कासी बेहोस भएर लडेकी दवाडी पत्नीलाई तत्काल उपचारका लागि विर्ता सिटी अस्पताल विर्तामोड पुरयाइएको थियो । उनलाई तत्कालै चिकित्सकहरुले मृत घोषणा गरेका छन । स्वर्गीय दवाडीको भोली बिहान ९ बजे कन्काई नदीमा दाहसंस्कार गरिने पारिवारि कश्रोतले जनाएको छ । पत्रकार दवाडीका एक मात्र छोरा राम दवाडी र बुहारी शोभा छन ।