इलाम/ ईलाम नगरपालिका ७ तिल्केनीस्थित मेची राजमार्गमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अटो चालक ईलाम ९ का २२ बर्षीय अबिकल सुन्दास रहेका छन ।
हिजो बेलुका साढे ८ बजे मे १ह ३०२२ नम्बरको अटो आफंै अनियन्त्रित भई दुर्घटना हुँदा सुन्दास गम्भीर घाईते भएका थिए । गम्भीर घाईते उनको उपचारका लागि अस्पताल तर्फ लैजाने क्रममा राती ११ बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।