कमल/  नेपाल रेडक्रस सोसाइटी लखनपुर उपशाखाको आठौ बार्षिक साधारणसभा आज सम्पन्न  भएको छ ।  कमल ५ मंगलवारेमा रहेको आफनै सभाहलमा आठौ बार्षिक साधारणसभा सम्पन्न गरिएको सचिव पारषमणि राईले वताएका छन् ।
रेडक्रस झापा जिल्ला शाखाका उपसभापति मित्रदेब काफ्लेको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उद्घाटनमा रेडक्रस उपशाखाका सभापति चन्द्र शाहले अध्यक्षको प्रतिवेदन ,सचिव राईले कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रमोद कुमार दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत तीन वटै प्रतिवेदन साधारणसभाको वन्दसत्रले सुझावसहित पारित गरिएको उपशाखाका उपसचिव विष्णु सुब्बाले वताए ।
रेडक्रस उपशाखाका सदस्य डम्बर कुमार राईले स्वागत मन्तव्य राखेको सो साधारणसभामा  उपशाखाका सल्लाहकार समेत रहेका जग्गादाता मुक्तिनाथ कार्की ,सल्लाहकार ऋषिकेश सुबेदी लगायत, आजीवन सदस्य ,सदस्यहरुको उपस्थिति रहेको थियो । रेडक्रस लखनपुर छोटो समयमा नै जिल्ला भित्र दुइृ पटक उत्कृष्ठ उपशाखाको रुपमा पुरस्कृत भईसकेको छ ।
Facebook Comments Box