धरान/धरानस्थित बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान परिसरबाट मोटरसाइकल चोरी गर्ने दुई जना रंगेहात पक्राउ परेका छन ।
प्रतिष्ठान हाता भित्र पार्किङ गरि राखिएको मोटरसाईकल चोरी गर्ने दुई जनालाई प्रहरीले रङगेहात पक्राउ गरेको छ ।

अस्पताल एरियामा पार्किङ गरि राखिएको को ३५ प १२८९ नम्बरको मोटरसाईकल चोरी गरेर लैजादै गरेका राधुनी १ का १९ बर्षिय आकाश चौधरी र २० बर्षिय अम्बर चौधरी पक्राउ परेका हुन । अस्थायी प्रहरी पोष्ट घोपाबाट खटिएको प्रहरी टोलीले मोटरसाईकल चोरी गरी लाँदै गरेको अवस्थामा मोटरसाईकलसहित पक्राउ गरेको जनाइएको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments Box