दमक/ नक्कली सुन देखाएर ठगी गर्ने झापाको विर्तामोड घर भइ काठमाडौं बस्ने अभय चौधरीसहित पाँच जना पक्राउ परेका छन । महानगरीय प्रहरी काठमाडौंले चौधरीसहित काभ्रे जिल्ला भुम्लु गाउपालिका ५ घर भै काठमाडौंको मछापोखरी बस्ने बर्ष ३२ का सन्त बहादुर लामा नुवाकोट जिल्ला किस्पाङ्ग १ नुजेत घर भै काठमाडौंको तरकेश्वर नगरपालिका शान्तिटोल बस्ने बर्ष ४५ का रीसमान घले , बर्ष २० का चन्द्र भन्ने जेरि तामाङ्ग र बर्ष ३५ का जित भन्ने मेख तामाङ्गलाई पक्राउ गरेको हो ।
उनीहरुले २०७२ साल माघ १२ गते काठमाडांैको ताहचल बस्दै आएका एक ब्यक्तीलाई १ किलो सुन जस्तो देखिने धातुलाइ सुन भन्दै झुक्याएर बिक्री गरि ५५ लाख रुपैया ठगी गरि फरार भएका थिए । उनले आफू ठगिएको थाहा पाए पछि महानगरिय अपराध महाशाखामा उजुरी दिएका थिए । अपराध महाशाखाको प्रहरीले खोजी गर्ने क्रममा प्रहरीले उनीहरुलाइ नगद ९ लाख ५० हजार रुपैया २ वटा मोटर्साइकल र ५ थान मोबाइलसहित पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको महानगरिय अपराध महासाखाका प्रमुख दिपक थापाले जानकारी दिए ।