दमक/ किवानिज कल्व अफ दमकले आज दमक ३ का विपन्न परिवारलाई आज शनिबार न्यानो कम्बल वितरण गरेको छ । क्लबले सञ्चालन गरेको जाडोमा न्यानो अभियान अन्तर्गत सो वडामा रहेका विपन्न समुदायका ५० परिवारलाई न्यानो कम्बल वितरण गरेको हो ।

क्लवले दमक ३ तारावारी डिपु आसपासमा बसोबास गर्दै आएका बिपन्न र सिमान्तकृत समुदायका परिवारलाई लक्षित गरेर प्रति परिवार एक ÷ एक थानका दरले ५० थान कम्बल बितरण गरेको क्लबका उपाध्यक्ष गोविन्दराज कट्टेलले जानकारी दिए ।
स्थानिय टोल बिकासहरूको सहयोगमा छनौट गरिएका व्यक्तिहरूलाई कम्बल बितरण गरिएको थियो । क्लवका अध्यक्ष रवि केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बडा सदस्य तनकुमारी दहालको प्रमुख आतिथ्य रहेको थियो । किवानिज क्लबका अध्यक्ष केसीले यस किसिमको सहयोग दमककम १० वटै वडामा गर्ने योजना रहेको जनाएका छन । कार्यक्रममा दमक जेसीजका अध्यक्ष सुयोग खरेल, किवानिज क्लब दमकका पदाधिकारी तथा स्थानीयबासीको उपस्थिती रहेको थियो । यस अघि सो क्लबले दमक ५ स्थित दिपीनि आधारभुत बिद्यालयमा ६ सय थान माक्स बितरण गरेको थियो ।
