दमक/लामो समयदेखि प्राध्यापन पेशामा संलग्न विश्लेषक तथा लेखक धनञ्जय बाँस्कोटाको पहिलो कृति चित्रगुप्तको ल्यापटप नामक कथा संग्रह शनिबार विमोचन हुँदैछ ।  बाँस्कोटा १६ बर्षदेखि दमक बहुमुखी क्याम्पसमा कार्यरत अंग्रेजी बिषय प्राध्यापन गराउँदै आएका छन । यस अघि फुटकर रचनाहरु तथा समसामयिक बिषयहरुमा कलम चलाउँदै आएका उनको कृति पुस्तकका रुपमा आएको यो पहिलो हो ।


दमक बहुमुखी क्याम्पसमा प्राध्यापक डा.गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा हुने सो विमोचन कार्यक्रममा प्राज्ञिक व्यक्तित्वहरु सहभागी हुने जनाइएको छ । पुस्तकमा १५ वटा कथाहरु समेटिएका छन । सो पुस्तकको प्रकाशक जानुका बाँस्कोटा र रञ्जु बाँस्कोटा रहेका छन ।

Facebook Comments Box