दमक/झापाको शिवसताक्षी १ लामाटोलमा पिक अप गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सो नगरपालिका वडा नं ३ का ३० बर्षीय राजकुमार खेमदेन लिम्बुको मृत्यु भएको हो ।
आज दिउँसो सवा ३ बजे सो सडकखण्डमा मे १ ज १५२८ नम्बरको पिकअफ भ्यानले मे ६ प ५०६८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक लिम्बुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने पिकअप प्रहरीको नियन्त्रणमा छ ।