दमक/  इलामबाट झापा तर्फ आउँदै गरेको ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

मेची राजमार्गको अन्तरगत इलाम नगरपालिका–९ गोलाखर्कमा ट्रकको ठक्करबाट मृत्यु हुनेमा माइजोगमाई ३ मानचोक ठेगाना भएकी २८ बर्षिया सञ्जु आचार्यको मृत्यु भएको हो । प्रहरीका अनुसार झापा तर्फ आउँदै गरेको को१८प ६९७ नम्बरको मोटर साइकललाई सोही दिशातर्फ जादै गरेको ना३ख २७३२ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिदा आचार्यको घट्ना स्थलमै मृत्यु भएको हो । सञ्जुको शव कानूनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि इलाम अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । दुर्घटनामा मृतक सञ्जु आचार्यको २ बर्षीय छोरा सरोज आचार्य र मोटरसाइकल चालक सूर्योदय नगरपालिका–१० का उमेस शाह घाइते भएका छन् ।
दुबै घाइतेको उपचारका लागि बिर्तामोड ल्याईएको छ । ट्रक चालक पाँचथर हिलिहाङ–७ का भवानी प्रसाद तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments Box