दमक/ झापा शिबसताक्षी ११ स्थित राजमार्गबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा दमक ८ का २५ बर्षीय सत बहादुर देवान र सोही स्थानका ३२ बर्षीय दिलिप महत रहेका छन । टेम्पोमा आएका उनीहरुलाई हिजो राती साढे ८ बजे ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुका साथबाट डाईजेपाम ५८ एम्पुल, बुफ्रेनोर्फिन ५७ एम्पुल र प्रोमेथोजाईन ५८ एम्पुल लागुऔषध बरामद गरिएको हो ।

Facebook Comments Box