दमक/ सुनसरी र संखुवासभामा भएको ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रामधुनी ७ स्थित भित्रि सडक खण्डमा को १ त ३८८४ नम्बरको ट्याक्टरका सहचालकको लडेर मृत्यु भएको हो । प्रहरीका अनुसार हिँजो दिउसो २ बजे कुदिरहेको ट्याक्टरबाट अचानक लडेर सह चालक रामधुनी ६ का २० बर्षीय फुल कुमार सदा गम्भिर घाईते भएका थिए ।
गम्भिर घाईतेसदाको धरानमा उपचारको क्रममा रातीनै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसैगरी संखुवासभा पाँचखपन ३ स्थित सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा सहचालक पाचखपन –६ का २३ बर्षीय गोबिन्द कोईरालाको मृत्यु भएको छ ।
हिजो बेलुका ६ बजे को २ त ५०१० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल खस्दा सोही ट्याक्टरका सहचालक कोईराला घाईते भएकोमा उनको स्थानीय प्राथमिक स्वास्थ्य चौकी वानामा उपचारको क्रममा बेलका पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Facebook Comments Box