दमक/ दमक जेसीज बर्ष २०२१ को नवनिर्वाचित कार्यसमितिको पदभार तथा सपथ ग्रहण सम्पन्न भएको छ ।
आज ( आइतबार) आयोजित कार्यक्रममा बर्ष २०२० का अध्यक्ष कमल कटुवालले २०२१ का नवनिर्वाचित अध्यक्ष सुयोग खरेललाई अध्यक्षको चेन प्रदान गरेर पद हस्तान्तरण गरेका थिए । नेपाल जेसीज बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालको प्रमुख आतिथ्य र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको विशेष आतिथ्यमा आज साँझ आयोजना गरिएको पद हस्तान्तरण समारोहमा निर्वाचन आयुक्त चन्द्र खत्रीले अध्यक्ष सुयोग खरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।


निर्विरोध निर्वाचित अध्यक्ष खरेलले आफनो कार्यकाल सञ्चालनका लागि आवश्यक महासचिव पदमा निरोज आचार्य र कानुनी सल्लाहकारमा सन्दिप न्यौपानेलाई मनोनित गरे । त्यससंगै उनले दमक ८ मा निर्माणाधिन जेसीज तालिम केन्द्र भवन निर्माणको संयोजकमा सञ्जिब बराल, खेलकुद संयोजकमा डेन्जोङ लामा लगायत विभिन्न विभागीय संयोजकहरुलाई सपथ ग्रहण गराएका थिए । सो अवसरमा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्षद्धय भोलेश्वर दुलाल, प्रकाश अधिकारीसहित पदाधिकारीहरु, विभिन्न शाखाका अध्यक्ष तथा प्रतिनिधिहरु, पूर्व अध्यक्षहरु लगायत स्थानीय संघ संस्था एवं निकायका प्रतिनिधि तथा प्रमुखहरुको उल्लेख्य सहभागिता थियो ।

Facebook Comments Box