दमक/ दमक उद्योग वाणिज्य संघको २९ औं बार्षिक साधारण सभा यही माघ २३ गते गर्ने तय भएको छ ।
बर्षेनी ६ भाद्रमा हुँदै आएको संघको बार्षिक साधारण सभा यस बर्ष भने कोरोना महामारीका कारण पाँच महिना ढिलो गरि हुन लागेको हो ।
संघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार संघको साधारण सभा सम्पन्न गर्न वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँको संयोजकत्वमा पाँच सदस्यीय साधारण सभा तयारी उपसमितिले साधारण सभाको तयारी गरिरहेको छ ।

समितिका सदस्यहरुमा रुवल अधिकारी, नविन अग्रवाल, सुस्मा निरौला र दिनेश सुवेदी सदस्य रहेका छन ।
साधारण सभामा संघका बार्षिक गतिबिधिहरु तथा प्रगति प्रतिवेदन प्रस्तुत हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वबाट सो साधारण सभाका उदघाटन गरिने जनाइएको छ । साधारण सभामा १ हजार ४ सय १८ जना सदस्यहरु सहभागी हुन योग्य भएका संघका कार्यालय प्रमुख निरज विष्टले जानकारी दिए ।
उनका अनुसार गत आर्थिक बर्ष २०७६/०७७ मा १ हजार १ सय ४५ सदस्यहरुको नविकरण भएको छ भने सो अवधिमा २७३ वटा नयाँ फर्म दर्ता भएका छन ।

Facebook Comments Box