दमक/ झापाको दमकमा सम्पन्न मिस टिन २०१९ को उपाधी दमक ८ की प्रेनुसा पाण्डेले जितेकी छिन् ।
शंकर आर्ट फाउण्डेशनले सञ्चालन गरेको मिस्टर एण्ड मिस टिन दमक सिजन ३ को शनिबार (हिजो राती) सम्पन्न फिनालेमा प्रेनुसाले अन्तिम प्रतिस्पर्धामा रहेका २१ प्रतिभालाई पछि पार्दै सो मिस टिनको उपाधी जितेकी हुन् ।

को हुन प्रेनुसा पाण्डे ?
झापाको दमक नगरपालिका वडा नं ८ साविक वडा नं १३ मा बुबा प्रेम पाण्डे र आमा अनुको कोखबाट विसं २०६२ सालमा जन्मिएकी प्रेनुसाको बाल्यकालदेखीनै विशिष्ट किसिमको प्रतिभा छ ।
आनी बानी र व्यवहार सभ्य र शिष्ट भएकै कारण उनी सानैदेखी आफू भन्दा ठुलालाई आदर र सानालाई माया गर्ने गर्छिन ।
दमक ८ स्थित झापा मोडल अंग्रेजी माविमा यसै बर्ष कक्षा ९ को परीक्षामा सहभागी भएर अभिभावक र आफ्ना शिक्षक तथा विद्यालय परिवारमा नै राम्रो नतिजाको आशा सञ्चार गराउन सफल प्रेनुसाको वाक् कला विशेष किसिमको छ ।

उनले कक्षामा सानैदेखी साथीहरु र आफ्ना शिक्षक शिक्षिकाहरु माझ आफ्नो नियमित पढाईका अतिरिक्त आमा, बुबा र गुरुहरुको प्रेरणाले निर्धक्कका साथ सम्बोधन सहित बोल्ने अभ्यास गरेकी उनले लाखौं दर्शकहरु माझ पनि सफल उद्घोषण कला प्रस्तुत गरेकी छिन् । उनी दमक नगरस्तरी वाल वक्तृत्वकलामा प्रथम भएकी छिन् । नृत्यमा पनि उनको उस्तै प्रतिभा छ ।

गत माघमा दमकमा सञ्चालन भएको बृहत बाल महोत्सवमा कार्यक्रम उद्घोषकका रुपमा सफल जिम्मेवारी सम्हालेकी उनको वक्तृत्व अर्थात उद्घोषण कलाले धेरै दर्शक तथा स्रोताहरुका माझमा राम्रो छाप छोडेपछि उनलाई आफ्नो प्रतिभाको विकासमा अझै हौसला मिलेको छ ।
प्रेनुसा उद्घोषणमा मात्रै होइन बाल साहित्य रचनामा पनि अग्रपक्तिंमा आउँछिन् । साहित्यीक क्षेत्रमा रुची भएकै कारण उनले कविता, लघुकथा, मुक्तक, बाल कथा आदि लेखेर साथीहरु र आफ्ना गुरुहरु माझ प्रस्तुत गरिसकेकी छिन् । पढाईमा समेत उस्तै अब्बल प्रेनुसाले शैक्षिक जिवनपछि आफू चार्टर एकाउण्ट ( सीए) बनेर मुलुकको वित्तिय क्षेत्रमा सेवा गर्ने अठोट लिएकी छिन् ।

पेशाका रुपमा मैंले सीए बन्ने लक्ष्य राखेको छु त्यो संगसंगै एउटी सभ्य र शिक्षित नारीको पहिचान समाजमा छोड्ने मेरो लक्ष्य छ – उनले भनिन । प्रेनुसा आफू जस्तै विद्यालयमा पढ्ने उमेरका बालबालिकाहरुका लागि सुझाव दिदैं भन्छिन् – हाम्रो उमेर एउटा संघर्षशील चरणको उमेर हो ।  यो बेला हामी आफैंले धेरै कुरामा साबधानी अपनाउनु पर्छ । अभिभावक र साथीहरुसंग बुझेर अघि बढ्नु पर्छ । हामीलाई आआफ्नो रुची अनुसारको क्षेत्रमा सफलताका लागि हाम्रा अभिभावकहरुको पनि साथ सहयोग उत्तिकै चाहिन्छ । निष्कर्ष साप्ताहिक चैत्र २३ मा  पहिलो नमुना अंकमा बाल मञ्च विशेष बाल प्रतिभामा उनको प्रतिभाका बारेमा चर्चा गरिएको थियो ।

 

Facebook Comments Box