दमक/ झापा र इलाममा भएका दुई दुर्घटनामा दुई जनाको ज्यान गएको छ । झापाको कचनकवल १ बस्ने ३२ बर्षीय नन्दलाल राजवंशीको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो ।
हिजो बेलुका पौने ७ बजे झापा बाह्रदर्शी ३ मा मे ७ प ७९६७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसै गरी ईलाम माईजोगमाई ४ हातिटारस्थित भित्रि सडक खण्डमा ट्याक्कर दुर्घटना हुँदा चालक सोही ठाउँका ४५ बर्षीय राजु धमलाको मृत्यु भएको छ ।
हिजो साँझ ५ बजे प्रदेश न. ३–०३००१ त १४८२ नम्बरको ट्याक्टर चलाई रहेका धमलाले ब्रेक लगाउने क्रममा उनी आफै ट्याक्टरबाट लड्दा गम्भिर घाइते भएका थिए । उनको विएण्डस अस्पताल विर्तामोडमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Facebook Comments Box