दमक/ झापा कमल गाँउपालिका वडा नं ६ का २० बर्षीय नवराज भट्टराई लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन ।
मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलबाट भट्टराईलाइ प्रहरीले नियन्त्रणमा लिएको हो ।

गुप्ताङमा २० ग्राम खैरोहिरोईन ब्राउनसुगर लुकाएर हिंडेका उनलाई हिजो अपरान्ह साढे ३ बजे पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ । उनीमाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरी कार्यालयले जनाएको छ ।

Facebook Comments Box