मोरङ/ मोरङको सुन्दरहरैचा नगरपालिका १० सुकुना सामुदायिक वनमा जंगली हात्ती हात्तीले आक्रमण गर्दा स्थानीय ३२ बर्षीया सीता पराजुलीको मृत्यु भएको छ । जंगलमा घाँस दाउरा काट्न गएको समयमा पराजुलीलाई मंगलवार बिहान सवा १० जंगली हात्तीले आक्रमण गरी घाईते बनाएको थियो । उनको उपचारका लागि कोशी अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा रातीनै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box