बिराटनगर/ १ नम्बर प्रदेश प्रहरी श्रीमती संघले मोरङका दुई स्थानमा आर्थिक विपन्न सय घर परिवारलाई एक÷एक थान कम्बल वितरण गरेको छ । संघको आयोजनामा गरिव तथा असह्याय ब्यक्तिहरुको लागि जाडोको न्यानो कपडा कम्बल बितरण गरिएको हो ।

मोरङको धनपालथान गाउँपालिका ३ बेतौनाका ५० घर परिवारलाई ५० थान तथा रङगेली नगरपालिका २ बेतौना झोडाका ५० घर परिवारलाई ५० थान कम्बल आज दिउँसो एक कार्यक्रममा बिच १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले हस्तान्तरण गरेकी हुन ।
सोही कार्यक्रममा श्रीमती संघकी अध्यक्ष कार्कीले १०० जना असह्याय महिला तथा पुरुषहरुलाई कुर्ता सुरुवाल, सर्ट पाईन्ट लगायत अन्य लत्ता कपडा समेत बितरण गरेकी थिइन । कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका पदाधीकारीहरु, स्थानीय जनप्रतिनिधीहरु तथा स्थानियवासीहरु सहभागी थिए ।