दमक,२९ जेठ । दमक ८ स्थित कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाले आज बुधबार आफनो १९ औ स्थापना दिवस विभिन्न कार्यक्रमहरु गरि मनाएको छ । स्थापना दिवसमा बर्सेनी आयोजना गरिदै आएको रक्तदानसहित सामाजिक उत्तरदायित्व अन्तर्गतका सेवामुखी कार्यहरु यसवर्ष पनि निरन्तरता गरि भव्य रुपमा मनाईएको व्यवस्थापक निलकण्ठ निरौलाले जानकारी दिए ।

संस्थाको आफनै कक्षमा भएको खुला रक्तदानमा १९ महिलासहित ११० जनाले रगतदान गरेका थिए । रेडक्रस दमकको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा संस्थाका पूर्व अध्यक्ष होमबहादुर थापा,व्यवस्थापक निरौलासहित सञ्चालक,कर्मचारी ,शेयर सदस्यहरु,सर्वसाधारणहरुले रगतदान दिएका थिए ।
यसैगरि संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यसवर्ष दमकका विजुली पेन्टर मजदुरहरुका लागि १० वटा सेफ्टी हेलमेट हस्तान्तरण गरिएको थियो । निर्माण मजदुरहरुको सामाजिक सुरक्षामा सहयोग पुरयाँउन उक्त हेलमेट वितरण गरिएको अध्यक्ष मणिकुमार भण्डारीले जानकारी दिए ।
सोहि अवसरमा संस्थाले दमकस्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान केन्द्रीय समितिको अक्षय कोषमा यस वर्ष ५० हजार रुपैया प्रतिष्ठानका अध्यक्ष सिताराम खतिवडालाई हस्तान्तरण गरिएको थियो । १० वर्ष सम्म बर्सेनी ५० हजार प्रदान गरि रु ५ लाखको अक्षय कोष जम्मा गर्ने लक्ष्य लिए अनुरुप संस्थाले सो रकम प्रदान गरिएको जनाईएको छ । संस्थाले यससंगै कोषमा ३ लाख जम्मा गरिसकेको छ ।

Facebook Comments Box