दमक/ भोली मंगलबार बस्ने तय भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुनः स्थगित भएको छ । माघ १३ गते सम्मलाई बैठक स्थगन भएको पार्टी मुख्य सचिव कृष्ण पौडेलद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
पौडेलले सोमबार विज्ञप्ति जारी गरि प्रतिनिधि सभा विघटनविरुद्ध माघ ८ गते देशभरका वडा तहमा गर्ने विरोध कार्यक्रममा नेताहरु सहभागि हुन जिल्ला जाने भएपछि बैठक स्थगन गर्नुपरेको उल्लेख गरेपनि पार्टी सह महामन्त्री डा. प्रकाशशरण महतले भने पार्टीभित्र देखिएको समायोजन र महाधिवेशन केन्द्रीत विवाद तथा प्रतिनिधि सभा विघटनको विषयमा साझा धारणा बन्न नसक्दा बैठक स्थगन गर्नुपरेको सञ्चारमाध्यमहरु माझ खुलासा गरेका छन ।
यसअघि पुस २७ गते बस्ने तय भएको कार्यसमिति बैठक सारेर माघ ६ गते बस्ने तय भएको थियो ।

Facebook Comments Box