मनिषा एवई राई (महिमा ) दमक ६ घर भई हाल रोजगारीका क्रममा अमेरिकामा बस्दैआएकी छन् । स्वदेशमा हुदाँ राजनीतिसंगै सामाजिक कार्यमा सक्रिय रहेकी उनी प्रवासमा समेत सामाजिक गतिविधिहरुमा संलग्न छिन् ।


सामाजिक कार्यनै सवैभन्दा ठुलो परोपकारी धर्म हो भन्ने विश्वास राख्ने उनी एक ताका मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चका कार्यकर्ता भएर पूर्वको राजनीतिमा समेत सहभागी थिइन । उनी प्रवास पुगेपछि भने राजनीतिबाट टाढा रहेर सामाजिक कार्यमा मात्र आफूलाई सिमित राख्दैआएकी छन् ।
प्रस्तुत छ – प्रवासमा रहेर पनि सामाजिक क्षेत्रमा क्रियाशील उनै नेतृ राईसंग प्रवासको अवस्था,सामाजिक कार्यका बारेमा गरिएको भच्र्यूअल कुराकानीको सम्पादित अंश –

अमेरिकामा अहिले के गर्दे हुनुहुन्छ ?
निश्चय पनि प्रवास हामी नेपालीका लागि रहर होइन बाँध्यता रहेको छ । रोजगारीका लागि विदेश जानु पर्ने, विदेशमा दुख गरेर आर्जन गरेको पैसावाट घर सम्हाल्नु पर्ने अवस्था रहिआएको छ । म पनि भविष्य खोज्दै यहाँ आएकी हुँ । काम नगरि खान पाईदैन् यहाँ । धनी ,गरिव सवै आआफना काममा व्यस्त हुन्छन् । यहाँ श्रमको सम्मान छ , काम नगरि बाँच्न सकिने अवस्था हुदैन् । म पनि त्यही धरातलमा छु , दैनिक १०÷१ २ घण्टा काम गर्छु । आफनो कामबाट सन्तुष्टि पनि छु ।

विदेशको बसाई,भोगाईलाई कसरी हेर्नुभएको छ  ?

स्वदेशको जस्तो सजिलो छैन यहाँ । काम नै नगरि भात खानसम्म पाईदैन् । समाजनै पृथक छ, दिन, रात नभनी मान्छेहरु श्रम गर्छन् यहाँ । व्यस्त जीवनशैली संगै आधुनिकताले बाँधिएको छ । शुरु शुरुमा यहाँ आउदाँ धेरै समस्या झेल्नु परयो । केहि महीना त यहाँको परिवेसमा भिज्न समय लाग्यो नै । तर अहिले स्वदेशको दुखसुख जसरीनै यहाँ पनि त्यसैगरि रमाउन थालेकी छु । ठिकै छ, प्रवासी जीवन खुसीसाथ वितिरहेछ । यो त मेरा कुरा भए, तर यहाँ आएका धेरै नेपालीहरुले अनेकौं समस्या भोग्न बाँध्य छन् ।
गाउँघरमा हुर्किएका मान्छे एक्कासी कुनै अवसरका कारण अमेरिका पुगेपछि के नै गरौला भन्ने ठुला महत्वकांक्षी लिएर आएका हुन्छन, तर उसले देखेको जस्तो उपलव्धि नपाएपछि कति त विभिन्न मानसिक समस्याहरु झेल्न बाँध्य छन् । यो किन आयो भन्दा, उसको सपना नै मुख्य कारण हो ।

अमेरिकामा आउन खोज्ने नेपाली युवाहरुलाई तपाई के भन्नुहुन्छ ?

पहिला त विदेशभन्दा सकेसम्म त आफनै ठाँउमा नै इज्जत तथा परिवारसहित बाँच्ने अवसरमा सवैको ध्यान जानुपर्छ । स्वदेश जस्तो विल्कुल हुदैन यहाँको चालचलन । विदेश ,विदेश भनेर मात्र हुदैन,यहाँको भाषा,सीप दक्ष हुनुपर्छ । धेरै नेपालीहरु आफूमा यी आधारभूत ज्ञान विनानै विदेश पुग्दा अनेकौं चुनौती खेप्दैआएका घटना हामीले सुन्दैआएका छौं ।
अमेरिकामा मात्र होइन, अन्य कयौं देशमा पुगेका नेपालीहरुले भाषा,सीप अभावका कारण भने जस्तो सुविधा पाउन बन्चित छन् त कतिपय चर्को श्रम गर्न बाँध्य हुदैआएका छन् । मैले यहाँ के मात्र भन्न खोजेकी हुँ भने विदेश भन्दा पहिला आफनै भूमिमा स्वालम्बी वन्नुपर्छ । त्यसले मात्र देशलाई समृद्धि बनाउन मद्धत पुग्छ । राज्यले पनि स्वदेशमा दक्ष .जनशक्तिलाई देशविकासमा उपयोग गर्ने अवसर सृजना गरिनु पर्छ ।

अमेरिकामा नेपालीहरुको अवस्था चाहिं कस्तो छ नि वताईदिनुस न ?

महत्वपूर्ण प्रश्न गर्नुभयो । अमेरिकामा म भन्दा कयौ वर्षदेखि बसोवास गरिआएका हजारौं नेपालीहरु छन् । नेपाल बाहिर ठुलो संख्यामा विभिन्न माध्यमबाट नेपालीहरु अमेरिका आइपुगेका छन्। अमेरिकामा पनि अन्य देशका नेपालीहरु जसरीनै आफनो जीवनगुजारा गरिआएका छन् । मैले, यहाँका नेपालीहरुको अवस्था कस्तो छ ? भनेर आफनो कुरा राख्नुपनि खासै उपयुक्त होला भन्ने ठानेकी पनि छुईन् । तर पनि तपाईको जिज्ञासालाई मैले जानेबुझे अनुसार मेरो निजी धारणा मात्र राखेकी हुँ ।
मैले पहिलै भनेको थिए , विदेशमा पुगेपछि काम नगरि बाँच्न सकिने अवस्था छैन् । यहाँका नेपालीहरु मात्र होइन्, यहाँका अमेरिकी नागरिकहरु पनि रातदिन श्रम गर्छन् । हामी त परिवारको गुजारा चलाउननै विदेशी भूमिमा आएका हौं ,त्यसैले पनि काम नगरि सुखै छैन्
अमेरिकामा पुगेका सवै नेपालीहरु आफनै आफनै काममा तल्लीन हुन्छन । यहाँ समयको महत्व छ, समयसंगै जिवन चलाउनु पर्छ । म सधै भन्ने गर्छु, मानिसले कुनै काम गर्दा ठुलो ,सानो कहिल्यै हुदैन, मेहनेती वन्न सके मात्र जीवन सुन्दर वन्छ । सुन्दर भविष्य ,सुन्दर जीवन बनाउन जहाँ ,जुन काम गर्न सकिन्छ, त्यसैमा लाग्नु उत्तम हुन्छ । अमेरिकामा बस्दैआएका नेपालीहरु आफनो कामसंगै विभिन्न सामाजिक गतिविधिहरुमा पनि सक्रिय छन् ।
अमेरिकामा मात्र होइन, अन्य कयौं देशमा पुगेका नेपालीहरुले भाषा,सीप अभावका कारण भने जस्तो सुविधा पाउन बन्चित छन् त कतिपय चर्को श्रम गर्न बाँध्य हुदैआएका छन् । मैले यहाँ के मात्र भन्न खोजेकी हुँ भने विदेश भन्दा पहिला आफनै भूमिमा स्वालम्बी वन्नुपर्छ । त्यसले मात्र देशलाई समृद्धि बनाउन मद्धत पुग्छ । राज्यले पनि स्वदेशमा दक्ष .जनशक्तिलाई देशविकासमा उपयोग गर्ने अवसर सृजना गरिनु पर्छ ।

विदेश पुगेपछि आफनो गाउँठाउँ ,देशका बारेमा कस्तो सोचाई आउँछ ? 

निश्चय नै आफनो जन्मभूमि अतिनै प्यारो लाग्छ । विदेशमा पुगेपछि मात्र आफना गाउँठाउँको मायासंगै महत्व पनि आउदो रहेछ । अरु भन्दा पनि हाम्रा दशै,तिहार जस्ता महत्वपूर्ण चाडपर्वहरुको बेला भने साह्रै गाउँघरको याद आउदो रहेछ । गाउँघरमा के हुदै होला, कस्तो रमाइलो भयो होला भन्ने मात्र मनमा कुरा खेलिरहन्छन् । तर अहिले प्रविधिले गर्दा स्वदेश तथा विदेशमा बस्दैआएकाहरुवीच पनि आत्मीयता वनाएको छ । गाँउठाउँ देखि देशभित्रका प्रविधिको सहायताले सजिलै देख्न,सुन्न पाएका छौ । यसले गर्दा पनि हामीमा विदेशमा बसेको छु,एक्लो छु भन्ने भावना कहिल्यै आउदैन् । आफनो देश ,गाउँठाउँ सधै समृद्धि भएको विदेश बस्ने अधिकांस नेपालीहरुको एउटै इच्छा रहेको हुन्छ । तर ,देशको राजनीतिक खटपट हुदाँ हामी विदेशमा बस्नेलाई पनि चोट पुग्ने गर्छ ।

नेपालको राजनीति कस्तो लाग्छ यहाँलाई ?

पछिल्लो राजनीतिक घटनाक्रम विगतका झै भएको पाएकी छु । पाँच वर्ष सरकार चलाउने जनादेश पाएको नेकपा भित्रको कलहले देशमा फेरि राजनीतिक संकट उत्पन्न गराएको छ । यो राम्रो होइन, पार्टी भित्रको विवादलाई मिलाएर लानु पर्ने अवस्थामा सरकारको नेतृत्व गरिआएको प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघठन गरेर मध्यावधि निर्वाचनमा जानु नेपालका लागि उपयुक्त अवस्था हुदैहोइन थिएन पनि । पाँच वर्षसम्म सरकार टिकाएर देशलाई विकास र समृद्धितर्फ लैजानु पर्ने वेला फेरि निर्वाचनमा जानु हुदैन थियो कि भन्ने लाग्छ । तर, हामी विदेशमा वस्नेले यसो भन्दा धेरैले नकरात्मक रुपमा पनि लिने गरेको पाएको छु । तर हामी सवैको एउटै ध्येय हुन्छ, नेपाल समृद्ध बन्दै जाओस भन्ने नै हुन्छ । जुनसुकै राजनीतिक दलले सरकारको नेतृत्व गरेपनि ती नेतृत्वकर्ताको एउटै लक्ष्य देश विकासको मूल ध्येय लिनु पर्छ ,तव मात्र देशले विकासको फड्को तर्फ उन्मुख हुन्छ ।

यता हुदाँ तपाई राजनीतिक विचारसंग प्रभावित हुनुहुन्थ्यो ? राजनीति क्षेत्र कस्तो लाग्छ ? राजनीतिमा आउन मन लाग्दैन ?

लामो हसाई (हाहाहा….. ) म नेपालमै हुदाँ पनि खासै राजनीतिमा नेतृत्वको रुपमा थिईन् , कुनै दल विशेषबाट प्रभावित थिए । तर , यता आएर राजनीति भन्दा अलग भएर बसेकी छु । राजनीतिमा भन्दा सामाजिक ,परोपकारी सेवा गर्न रुचाउन थालेकी छु । राजनीति गर्ने पनि समाजमा भिज्ने माध्यम भएपनि नेपालमा राजनीति क्षेत्र फोहोरी वन्दै गएको छ ।
राजनीति क्षेत्र रामै्र भएपनि व्यक्तिगत तथा दलीय स्वार्थका कारण हरेक दल जनताका माँझ तिरस्कृत भएका छन्, यसले पनि सहजै वुझिन्छ, हाम्रो देशमा राजनीतिक दलको नेतृत्वमा सवलता आउन सकेको छैन् । यहाँ धेरै साथीभाईहरु दलहरुमा झुकाव राखी गतिविधिहरु ग्रिआएपनि म त्यस्ता कार्यमा संलग्न भएकी छुइन् । राजनीतिमा आउनका लागि धेरै क्षेत्रबाट सल्लाह,सुझाव आएपनि लागेकी छुईन् अव लाग्दीन पनि । राजनीतिमा लाग्नुभन्दा पनि राज्यवाट उपेक्षित वर्ग,समुदाय तथा असहाय नागरिकको सेवा गर्ने ईच्छा छ ।

समाजसेवा कस्तो कार्य हो जस्तो लाग्छ यहाँलाई ?

समाजसेवा विशुद्ध परोपकारी कार्य हो , जुन कार्य भौतिक रुपमा सवैभन्दा पूण्य काम हो ।स्वार्थका लागि गरिने काम समाजसेवा हुदैन् । समाजसेवाको परिभाषालाई यहिनै हो भनेर मैले यहाँ भन्न पनि सुहाउदैन् । किनकी समाजमा धेरै क्षेत्रले काम गरिआएका हुन्छन् । कोहि व्यक्तिगत ढंग त कोहि संस्थागत ढंगले प्रशस्त उल्लेखीय काम गरिआएका छन् । ती सवैको लक्ष्य भनेको समाजका तल्लो तहका नागरिकको हितनै हो । मलाई लाग्छ, नहुनेलाई थोरै भएपनि राहत पुरयाँउनुनै सेवा हो, धर्म हो,त्यो नै पूण्य हो । यस्तै,कर्म गर्ने इच्छा छ, हिजो नेपालमा रहदाँ पनि त्यस्ता काम गरे , यहाँ आएर पनि यस्तै पूण्यको सकेसम्म काम गरिआएको छु । किनकी, कुनै काम गर्दा फल खोज्नु समाजसेवा होइन् ,सकेको दिने ,बाढ्ने काम मात्र समाजसेवा हो भन्ने लाग्छ ।

त्यसो भने अव सामाजिक कार्य गर्ने योजना पनि बनाउदै हुनुहुन्छ हो ?

निश्चय पनि । प्रवासमा बसेपनि आफना गाउँठाउँको दुखसुखमा सधै साथ दिने विचारमा छु । यहाँ रातदिन श्रम गरेर आर्जन गरेको केहि पैसा बचाएर आफनो ठाँउका असहाय,दिनदुखीहरुको सेवा पुरयाँउने योजना वनाउदै छु ।
यता अमेरिकामा नै नेपाली मात्र होइन्,यहिका विपन्न नागरिकको सेवामा सक्दो सहयोग पुरयाँउदैआएको छु । यी कर्मबाट आफूलाई सन्तुष्टि पनि ठानेकी छु । आफनै ठाउँमा अव व्यक्तिगतसंगै सामूहिक ढंगले काम गर्ने लक्ष्य लिएकी छु । हेरौ,कहाँसम्म पुगिएला ? तर, कर्म र लक्ष्यमा ढृण सफल हुने छु भन्ने लाग्छ ।

यस्तो पवित्र कार्यमा लाग्ने कसरी इच्छा आयो ?
मेरो परिवार , मलाई जन्मदिने बुबा,आमाको प्रेरणा र प्रोत्साहनले नै समाजमा केहि योगदान गरौं भन्ने सृजनशील कार्यमा लाग्ने इच्छा आएको हो । उहाँहरुले नै मलाई सधै सदकर्ममा लाग्ने प्रेरित गरिरहनुभयो , जुन बाटो मैले खोजे जस्तै पाएकी छु । यहि प्रेरणाका कारण सामाजिक कार्य आफूले भ्याएसम्म योगदानलाई निरन्तरता दिदैआएकी छु ।  –   यो अन्तरवार्ता निष्कर्ष न्यूज साप्ताहिकमा समेत प्रकाशित छ

 

Facebook Comments Box