दमक/ मेची पेट्रोलियम डिलर्स एशोसिएसनको १३ औं साधारण सभा शुक्रबार ( हिजो) मेचीनगरमा सम्पन्न भएको छ ।
साधारण सभाको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले उदघाटन गर्दै समाज विकासका लागि निजी क्षेत्रले निर्वाह गरेको भुमिका प्रशंसनिय रहेको बताए ।
सो अवसरमा हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश कार्य समिति सदस्यमा निर्विरोध निर्वाचित पेट्रोलियम डिलर्स एशोसिएशनका उपाध्यक्ष भुपालराज कटुवाललाई सम्मान गरिएको थियो । सो अवसरमा विशिष्ट अतिथी नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, वाणिज्य तथा आपूर्ति सचिव प्रेम श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश अध्यक्ष टिकाराज ढकाल लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए । एशोसिएशनका अध्यक्ष नविन कोइरालाको सभापतित्वमा भएको सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष टिकाराम पिठकोटेले स्वागत मन्तव्य राखेका थिए ।

तस्विर – आमसञ्चारबाट