दमक/ पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको दमकसंगै जोडिएको कमल ५ मा आज दिउसो मोटरसाइकल र स्कुटर ठोक्किदा भएको दुर्घटनामा दुई जोडी पति पत्नी घाइते भएका छन ।
पश्चीमबाट पुर्वतर्फ आउदै गरेको मे ७ प ९९० नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको ग १३ प २३०३ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक दमक – १ का ३० बर्षिय नबिन राई गम्भिर र स्कुटर पछाडी सवार उनकी श्रीमती २७ बर्षिया कृष्टि राई सामान्य घाइते भएका छन । मोटरसाइकल चालक खुदुनावारी १ का ३९ बर्षिय डिक प्रसाद भट्टराइ पछाडी सवार श्रीमती बर्ष ३३ कि भुमिका धमलाको टाउको र खुट्टामा चोट लागेको छ । घाईतेहरु सबैको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ ।