दमक/ तराईबाट मोटरसाइकल चोरी गरेर पूर्वी पहाड सम्म पुरयाउदै बिक्री गर्ने गिरोह पक्राउ परेको छ । विर्तामोडमा बसेर पहाड सम्म चोरीका मोटरसाइकल पुरयाउने, बेचबिखन गर्ने धन्दामा संलग्न उनीहरुलाई इलामबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा माइ नगरपालिका–६ का मनिष गिरी, सोही ठाउका रोशन गिरी, राजेश गिरी, सोही नगरपालिका २ का क्षिातिज भनिने रोशन तामाङ र वडा नम्बर ८ का रोशन बुढाथोकी पाचथरका पासाङ तामाङ र ताप्लेजुङका सन्दिप लिम्बु रहेका इलाका प्रहरी कार्यालय अनारमनीले आज (मंगलबार) पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुका साथबाट झापा लगायतका बिभिन्न जिल्लाबाट चोरी गरिएका १४ थान मोटरसाइकल बरामद गरेको छ । प्रहरीले १५० सिसिको २ वटा अपाची, २२० सिसिको २ वटा पल्सर र बाकी १५० सिसिको पल्सर मोटरसाइकल बरामद गरेका जनाएको छ ।
इलाम, पाचथर र ताप्लेजुङ घर भएका उनीहरुले बिर्तामोडमा डेरा गरी बसेर मोटरसाइकल चोरी धन्दा चलाउदै आइरहेको खुलेको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीले मंगलबार विहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन । मोटरसाइकल चोरी भएको उजुरी परेपछि पछिल्लो २४ घण्टामा प्रहरीले चोरी भएका मोटरसाइकल फेला पार्दै उनीहरुलाई पक्राउ गर्न सफल भएको डिएसपी मुकुन्द रिजालले बताए । एकै समयमा धेरै वटा मोटरसाइकल हराए पछि प्रहरीले यो घटनालाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाएको थियो । प्रहरीले गत शनिवार पाच जनालाई इलामबाट पक्राउ गरि झापा ल्याएको हो अन्य दुई जना झापाबाटै पक्राउ परेका बताइएको छ । पक्राउ परेका सातै जनालाई झापा जिल्ला अदालतबाट चोरी मुद्धामा म्याद थप गरि अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

( फोटो टाइम्स अफ प्रदेशबाट