दमक/ सरकारले चालेको असंबैधानिक कदमका बिरुद्ध नेपाली कांग्रेसले आज प्रदेशसभा निर्वाचन क्षेत्र स्तरिय बिरोध कार्यक्रम गरेको छ । सोहि क्रममा झापा क्षेत्र नम्बर ५ प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ अन्तर्गत दमकमा कार्यक्रम सम्पन्न भएको छ ।


नेपाली कांग्रेस दमक नगर समितिको कार्यालयबाट सुरु भएको बिरोध ¥याली दमकको नमुना बजारमा पुगेर सम्पन्न भएको थियो । बयलगाडा सहित निस्किएको बिरोध ¥याली ठाउँ ठाउँमा कोणसभा गर्दै नमुना बजार पुगेको थियो । कोणसभाहरुलाई कांग्रेस झापाका पूर्व सभापति पुर्णानन्द शर्मा, पार्टीका महासमिति सदस्यहरु सुरेश सुब्बा, शेरबहादुर भट्टराई, दिलबहादुर बुढाथोकी, क्षेत्रीय सभापती ढुण्डीराज भण्डारी, नगर सभापति रोशन विष्ट, महिला संघ क्षेत्रीय सभापती रेगिना भट्टराई प्रसाईं, नगर सभापति मन्दरा पौडेल लगायतले सम्बोधन गरेका थिए ।
वक्ताहरुले वर्तमान सरकारले संसद बिघन गरेर असंबैधानिक काम गरेको भन्दै यसलाई सर्वोच्च अदालतले सच्याउनु पर्ने बताएका थिए । कांग्रेस नेताहरुले अहिले भ्रष्टाचार बढेको र महंगीले नागरिक आक्रान्त भईरहेका बेला जनताको सर्वोच्च थलो संसदनै बिघटन भएकोले नागरिकको अधिकारका लागि सडकमा आउनु पर्ने बाध्यता रहेको बताएका थिए । प्रदेश निर्वाचन क्षेत्र सभापति पदम सुब्बाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments Box