अर्जुनधारा / २१ पुस   महिला उद्यमी संघ नेपालको अर्जुअनधारा नगर समिति गठन भएको छ । ११ सदस्यीय समितिको अध्यक्षमा दिपा खरेल चयन भएकी छन् । समितिको उपाध्यक्ष तारा न्यौपाने, महासचिव गीता अधिकारी, सहसचिव सरस्वती नेपाल र कोषाध्यक्षमा नितु सोमानी छन् ।

समितिको सदस्य कल्पना कडिरया, सरु बुढाथोकी, गंगा घिमिरे, सोमन लुइँटेल, मेनुका ओली र अन्जना कार्की रहेका छन् । संघकी झापा अध्यक्ष गोमा भट्टराईको अध्यक्षतामा भएको भेलाले सो समिति गठन गरेको हो । भेलाको सहजीकरण नैनकला भट्टराईले गरेकी थिइन् । संघले महिला उद्यमीलाई समेट्दै महिला उद्यमको विकास र प्रबर्द्धनमा काम गर्दै आएको छ ।

Facebook Comments Box