दमक/ केपी शर्मा ओली नेतृत्वको नेकपा समर्थित अनेरास्ववियू झापाले आज विर्तामोडमा शक्ति प्रदर्शनसहित जिल्ला भेला गरेको छ ।


जिल्लाका विभिन्न ठाउँबाट विर्तामोड पुगेका बिद्यार्थीसहित पार्टी नेता कार्यकर्ताहरुले मुक्ति चोकमा प्रदर्शन गरेर माधवकुमार नेपाल नेतृत्वको नेकपा कार्यकर्ताहरुलाई जवाफ दिएका हुन । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पार्टी भित्रको अन्तरविरोधका कारण चालेको संसद विघटनको कदमलाई स्वागत गर्न उनीहरु ओलीको पक्षमा नाराबाजी गर्दै सडकमा उत्रिएका हुन । भेलालाई अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले सम्बोधन गर्दै आफुले नेतृत्व गरेको संगठन नै नेपाली विद्यार्थी आन्दोलनको मुल प्रवाह भएको जिकिर गरे ।


अनरोस्ववियूले वर्षौअघि टायर बाल्ने, चक्काजाम गर्ने, बन्द अवरोध गर्ने लगायत सडक आन्दोलन त्यागेको बताए । संगठनका झापा जिल्ला कमिटी अध्यक्ष समर्पण खतिवडाको अध्यक्षतामा भएको भेलालाई संगठनकी केन्द्रीय उपाध्यक्ष सुनिता बराल, नेकपा झापा अध्यक्ष चिन्तन पाठक, विद्यार्थी नेताहरु कल्पना वाइवा, डम्बर अधिकारी, मनोज ताम्ली लगायतले सम्बोधन गरेका संगठनका जिल्ला सदस्य प्रदिप बस्नेतले जानकारी दिए ।

Facebook Comments Box