गौरादह/ झापाको गौरादह ७ स्थित फकिटिपमा जुवा खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि तास खेल्ने समुहका धेरै जना फरार भएका छन । तास खेल्दै गरेको दुई जना भने पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा जीवन उप्रेती र लक्ष्मी प्रसाईं रहेका छन ।
त्यहाँस्थित बास झ्याङमा आइतबार राति करिब ११ः०० बजेतिर तास खेल्दै गरेको अबस्थामा उनीहरू पक्राउ परेको ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी दिए ।
बिशेष सूचनाका आधारमा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ परेकाहरुबाट नगद १५ पन्द्र हजार रूपैयाँ प्रहरीले बरामद गरेको छ ।
उनीहरूलाई अदालतबाट ५ दिनको म्याद थपगरी अनुसन्धान अघि बढाइएको छ ।