दमक/  सुनसरीको ईनरुवा नगरपालिका २ का अजय पण्डितलाई छुरा प्रहार गरेर लुटपाट मच्चाउने दुई जना पक्राउ परेका छन ।


गत पौष १७ मा बिहान साढे ६ बजे ईनरुवा ९ मा पण्डितलाई छुरा प्रहार गरेर पण्डितसंग नगद तथा मोवायल लुटपाट गरेर फरार भएका उनीहरु पक्राउ परेका हुन । पक्राउ पर्नेहरुमा देवानगञ्ज गाउँपालिका ५ घर भई ईनरुवा १ मा बस्दै आएका २२ बर्षीय गजेन्द्र प्रसाद ठाकुर र महादेवा गाउँपालिका ५ सप्तरी घर भई ईनरुवा १ बस्दै आएका २१ बर्षीय मुकेश मण्डल रहेका छन । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले १९ पुषमा पक्राउ गरेको हो । पक्राउ परेकाहरुका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।

Facebook Comments Box