इलाम/ ईलामको देउमाई नगरपालिका वडा नं ८ आमबोटेका ३३ बर्षीय सुवास राईले धारिलो खुकुरी हानेर आफनै श्रीमतीको हत्या गरेका छन । हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार आज बिहान साढे ५ बजे राईले सामान्य घरायसी बादबिबादको बिषयलाई श्रीमती २७ बर्षीया नम्रता राईलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेका थिए । प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय ईलामबाट अनुसन्धान अधिकृत सहितको टोलीले घटनास्थलमा पुगेर विस्तृत अनुसन्धान शुरु गरेको जनाइएको छ ।

Facebook Comments Box