दमक/ झापाको कमल २ मा राप्रपा सम्बद्ध किसान संगठनको वडा समिति गठन गरिएको छ । आज सोमबार सो पार्टीद्धारा आयोजित भेलाले अगम बहादुर भुजेलको अध्यक्षतामा प्रजातान्त्रिक किसान संगठन गरेको हो ।
संगठनको वडा समिति सचिवमा पुष्प बहादुर थापा र कोषाध्यक्षमा नविना गुरुङ चयन भएका छन । त्यस्तै सदस्यहरुमा नारायण श्रेष्ठ, गोमा निरौला, गुण प्रसाद ढकाल, विसु विश्वकर्मा, इन्द्र बहादुर राई , ज्ञानु भुजेल, छुटु मुर्मू र अरुण विश्वकर्मा रहेका जनाइएको छ । पार्टीका संगठन परिचालन समिति संयोजक एवं जिल्ला सदस्य दिपक खरेलको प्रमुख आतिथ्य र वडा समिति अध्यक्ष नगेन्द्र बुढाथोकीको अध्यक्षतामा भएको सो भेलामा गाउँ समिति अध्यक्ष विष्णु प्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य राख्दै अन्य पार्टीहरुका तुलनामा अब राप्रपा एक नम्बरको पार्टी बन्ने दाबी गरे ।
