दमक/  टिपरको ठक्करबाट झापामा आज एक युवकको ज्यान गएको छ ।   ज्यान गुमाउनेमा झापा गाउँपालिका वडा नं ३ का २० वर्षीय सागर लिम्बु रहेका छन ।  जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कनकाई नगरपालिका–७ टेक्रामा दिउँसो उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको बा २ ख ९२८४ नम्बरको टिपरले सोही दिसातर्फ जाँदै गरेको को ६ प २०८५ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका लिम्बुलाई उपचारका लागि बिर्तामोड लैजाने क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय सुरुङाले ट्रिपरसहित चालक कनकाई नगरपालिका २ बस्ने भीमबहादुर दर्जीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Facebook Comments Box